Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
समाचार

स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प

३० श्रावण २०८२, बिहीबार १५:०९

काठमाडौँ। मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षतिभई बिग्रिएका मोबाइललाई मर्मत गर्नका निम्ति सामसुङ नेपालले सामसुङ मनसुन क्याम्प सुरु गरेको छ ।

ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको हो। यो ग्राहक सेवा अभियान२०२५ अगस्ट २४ सम्म सञ्चालन हुनेछ ।

जसअन्तर्गत सामसुङ प्रयोगकर्ताहरूले वारेन्टी भए/नभएको कुराले फरक नपारी, अधिकृत सामसुङ सेवा केन्द्रमा गएर बिग्रिएको चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन्। यद्यपि, चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क हुनेछ, श्रम शुल्क र थप पार्ट्सको लागत ग्राहकले आफैंले व्यहोर्नु पर्नेछ। यो सेवा केवल सामसुङका अधिकृत सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुनेछ।

सामसुङ नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख (सीएस) राजन भट्टराई भन्छन्, ‘सामसुङ नेपालमा हामी हाम्रो ग्राहकलाई मौसम जे भए पनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध छौं। वर्षामा विशेष गरी चार्जिङ पोर्टमा असर गर्ने चिस्यान र पानीका जोखिमहरू बढ्छन्। त्यसैले हामी मनसुन क्याम्प मार्फत समयमै मर्मत सुविधा दिन चाहन्छौं, ताकि हाम्रा प्रयोगकर्ताले आफ्ना फोन प्रयोग गर्न सकून्।’

सामसुङले सबै प्रयोगकर्तालाई यो सीमित समयको सेवा उपयोग गर्न आग्रह गरेको छ। थप जानकारी तथा नजिकको सेवा केन्द्र पत्ता लगाउनका लागि सामसुङ कस्टमर केयरमा सम्पर्क गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्