Trending
शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |    
समाचार

लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

३१ श्रावण २०८२, शुक्रबार २२:०७

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली प्रहार गरी लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरुमा पक्राउ गरिएको र दुईजनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा उनीहरुमाथि दुई राउड गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए।

“लागुऔषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा दुई जनालाई पछ्याएका थियौँ तर त्यहाँ चार जना रहेछन्” उनले भने । दुई जनालाई प्रहरीले पक्राउ गरेपछि बाँकी दुईजनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोजेपछि बाध्य भएर प्रहरीले गोली चलाएको प्रहरी उपरीक्षक घर्तीले बताए ।

प्रहरीले नेपागञ्ज उपमहानगरपालिका– ५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रुपैडियाका २० वर्षीय अजयकुमार र २० वर्षीय कात्र्तिक कुमारलाई पक्राउ गरेको हो ।

प्रहरीले कार्तिक कुमारको खुट्टामा गोली लागेको जनाएको छ । उनको दायाँ खुट्टामा गोली लागेको छ । लागुऔषध कारोवारीले प्रहार गरेको इँटा लागेर एकजना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्