Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गर्ने निर्णय

३१ श्रावण २०८२, शुक्रबार २२:०८

काठमाडौं। सहकारी ठगी र संगठित अपराधको आरोपमा पुर्पक्षका लागि रुपन्देहीको भैरहवा कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सरुवा हुने भएको छ ।

कारागार व्यवस्थापन विभागले लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको रास्वपा स्रोतले जनाएको छ । लामिछानेले कारागार सरुवाको माग गर्दै आएका थिए । विभागको महानिर्देशकमा लीलाप्रसाद शर्माले जिम्मेवारी सम्हाले लगत्तै लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेका हुन् ।

गृहमन्त्री रमेश लेखकले लामिछानेको सरुवा गर्न निर्देशन दिएका थिए । उनको कारागार बसाइ लम्बिने भएपछि अब काठमाडौँ ल्याउन लागिएको हो ।

अब रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेर उनलाई नक्खु कारागारमा सरुवा गर्छ । एउटा कारागारबाट अर्को कारागारमा सरुवा हुने नियमित प्रक्रिया पनि हो ।

लामिछानेले सरुवा माग गर्दै अदालत र जिल्ला प्रशासन कार्यालयबाट पहिल्यै अनुमति पाइसकेका थिए। तर, गृहमन्त्री लेखकको निर्देशनमा कारागार व्यवस्थापन विभागले सरुवाको निर्णय रोकेको भन्दै आलोचना भएको थियो।

गत साता राष्ट्रिय मानव अधिकार आयोगले रविलाई राखेको कारागारको निरीक्षण गर्दै सबै प्रक्रिया पूरा भएर पनि उनलाई कारागार सरुवा नगरिएको भन्दै ध्यानाकर्षण गराएको थियो। यही विषयमा छलफल गर्न आयोगले बिहीबार कारागार व्यवस्थापन विभागका निर्देशकलाई झिकाएको थियो ।

बिहीबार मात्रै प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूको प्रश्नमा गृहमन्त्री लेखकले लामिछानेको कारागार सरुवाको विषयलाई गम्भीर रूपमा लिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्