Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
समाचार

ढुङ्गाले लागेर एक जनाको मृत्यु, एक घाइते

३१ श्रावण २०८२, शुक्रबार २२:०९

सुनसरी। यहाँको वराहक्षेत्र नगरपालिका–१ स्थित बाहुनी खोला नजिकै भिरमाथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

आज दिउसो करिब ४ः३५ बजे बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको स१०प ७९२१ नम्बरको मोटरसाइकल चालक सप्तरी बोधेबर्साइन नगरपालिका–४ का ३० वर्षीय जीवन साहको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार सप्तरी खडक नगरपालिका–११ बनौलीका ३० वर्षीय धर्मेन्द्रकुमार साह घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिव ।

चतरा वराहक्षेत्र सडकखण्डमा रहेको बाहुनी खोलामा पहिरो झरिरहेका अवस्थामा बाटो पार गर्न पर्खिरहेका समयमा माथिबाट झरेको ढुङ्गाले टाउकामा लागि घटनास्थलमै साहको मृत्यु भएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्