Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

राजधानीमा ६३ औँ मुलुकी ऐन तथा राष्ट्रिय सामाजिक एकता दिवस भव्य रूपमा मनाइयो

१ भाद्र २०८२, आईतवार २१:२३

काठमाडौँ। राजधानीमा आज ६३ औँ मुलुकी ऐन तथा राष्ट्रिय सामाजिक एकता दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाइयो।

अवसरमा आयोजित बृहत प्रवचन गोष्ठीमा मुलुकी ऐनको ऐतिहासिक महत्त्व, सामाजिक योगदान र तत्कालीन राजा महेन्द्रवीर विक्रम शाहदेवको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (माले)का नेता तथा पूर्वमन्त्री सिपि मैनालीले मुलुकी ऐनलाई नेपालको कानूनी इतिहासमा क्रान्तिकारी कदमका रूपमा व्याख्या गर्दै, यसले नेपाललाई आधुनिक कानूनी मार्गमा प्रवेश गराएको बताए। उनले राजा महेन्द्रको नेतृत्वपूर्ण भूमिकालाई इतिहासले सधैं सम्झिरहने उल्लेख गरे।

नेपाल जन विकास समाज सेवा संघकी अध्यक्ष सुभद्रा विश्वकर्माले स्वागत मन्तव्य दिँदै मुलुकी ऐनले समाजमा समानता, न्याय र सामाजिक एकता स्थापना गर्न ठूलो योगदान पुर्‍याएको स्मरण गराउनुपर्नेमा जोड दिइन्।

अन्य वक्ताहरूले मुलुकी ऐनले वर्गीय, जातीय र लैङ्गिक न्यायको जग हालिदिएको र नयाँ पुस्ताका लागि अध्ययन तथा अनुसन्धानको महत्त्वपूर्ण आधार बन्नुपर्ने धारणा राखे।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, कानूनी क्षेत्रका विज्ञ, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाका पदाधिकारीसहित दुई सयभन्दा बढी राष्ट्रियतावादी सहभागी भएका थिए।

वक्ताहरूले नयाँ मुलुकी ऐनलाई नेपालको कानूनी इतिहासमा सामाजिक रूपान्तरणको आधारशिला भएको निष्कर्षसमेत प्रस्तुत गरे।

प्रतिक्रिया दिनुहोस्