Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

मुगुमा सडक निर्माणमा भ्रष्टाचार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनामाथि मुद्दा

२ भाद्र २०८२, सोमबार २२:३५

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकामा सडक निर्माण योजनामा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सोरु गाउँपालिका–१ अन्तर्गत जवलधारा पीसीसी सडक निर्माणका लागि मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत ३६ लाख ४० हजार रुपैयाँ अनुदान उपलब्ध भएको थियो । जनश्रमदान तीन लाख ७३ हजार ४३९ जोड्दा कुल लागत ४० लाख १३ हजार ४३९ रुपैयाँ तय गरिएको थियो ।

तर, तोकिएअनुसार काम नगरी बढी काम भएको देखाइ ७ लाख ६ हजार ७९९ रुपैयाँ हिनामिना गरेको आयोगले जनाएको छ । सोही रकम बराबरको बिगो दाबी गर्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इञ्जिनियर प्रकाश आचार्य र सवइञ्जिनियर जगतबहादुर मल्लविरुद्ध मुद्दा दायर गरिएको हो ।

यस्तै, सोरु गाउँपालिकाका लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नवीन बुमी, श्रम कार्यदल उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर छन्त्याल, सहसंयोजक विष्णु छन्त्याल, कोषाध्यक्ष घोसीसरा शाही र सचिव मुकुन्दे दमाईविरुद्ध पनि समान बिगो माग दाबी गरिएको छ ।

अनुगमन समितिका संयोजक दलवीर सार्की, सदस्य पुने शाही र वडा नं १ का तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाहीविरुद्ध भने कैद र जरिवानाको माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्