काठमाडौँ। कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार सूचना जारी गर्दै सहिद दिवस र प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्था बन्द रहने जनाएको हो।
यससँगै बुधबार कर्णाली प्रदेशका विद्यालय, सरकारी निकाय र सार्वजनिक संघ–संस्थामा एक दिन बिदा हुने भएका छन्।
