Trending
शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |    
समाचार

डोल्पामा बाढीले बालकको मृत्यु

३ भाद्र २०८२, मंगलवार २२:१९

डोल्पा। माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा सोमबार दिउँसो आएको बाढीले ९ वर्षीय बालकको मृत्यु भएको छ।

वडा नम्बर ४, नाम्दो गाउँ बस्ने ग्याल्छेन लामाका छोरा बाढीले बगाउँदा घटनास्थलमै मृत फेला परेका हुन्।  गाउँपालिकाका उपाध्यक्ष पेमावाङ्छेन गुरुङका अनुसार, गाउँ नजिकैको खोलामा आएको बाढीले बालकलाई बगाएको पुष्टि भएको छ।

गुरुङले आफू बाहिर रहेकाले तत्काल घटनास्थल पुगेर विवरण संकलन गर्न नसकेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्काले पनि प्रारम्भिक जानकारी मौखिक रूपमा प्राप्त भए तापनि फोन सम्पर्क नहुँदा विस्तृत विवरण लिन नसकिएको बताएका छन्।

प्रहरी अधिकारीहरूले घटनाबारे थप जानकारीका लागि उपल्लो डोल्पामा रहेका युनिटहरूसँग सम्पर्क गर्ने प्रयास जारी राखेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्