Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
समाचार

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

४ भाद्र २०८२, बुधबार ०६:५३

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ ८३ पैसा र बिक्रीदर १३९ रुपियाँ ४३ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १६२ रुपियाँ १९ पैसा र बिक्रीदर १६२ रुपियाँ ८९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपियाँ ६७ पैसा र बिक्रीदर १८८ रुपियाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपियाँ ३५ पैसा र बिक्रीदर १७३ रुपियाँ १० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ०९ पैसा र बिक्रीदर ९० रुपियाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपियाँ ५२ पैसा र बिक्रीदर १०० रुपियाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ २० पैसा र बिक्रीदर १०८ रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ३९ पैसा र बिक्रीदर नौ रुपियाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ३४ पैसा र बिक्रीदर १९ रुपियाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ र बिक्रीदर ३७ रुपियाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ०९ पैसा र बिक्रीदर ३८ रुपियाँ २६ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २७ पैसा र बिक्रीदर चार रुपियाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ८० पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ८७ पैसा र बिक्रीदर ३३ रुपियाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ०४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५५ पैसा र बिक्रीदर १४ रुपियाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ७३ पैसा र बिक्रीदर २१ रुपियाँ ८२ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ७९ पैसा र बिक्रीदर १७ रुपियाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४५४ रुपियाँ २४ पैसा र बिक्रीदर ४५६ रुपियाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपियाँ २५ पैसा र बिक्रीदर ३६९ रुपियाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैैयाँ ५८ पैसा र बिक्रीदर ३६२ रुपियाँ १४ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्