Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

कर्णाली प्रदेशमा स्थापना अवसरमा सार्वजनिक बिदा

४ भाद्र २०८२, बुधबार ०७:०३

कर्णाली। कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ। स्थापना तथा शहीद दिवसको अवसरमा दिइएको यस बिदाका कारण सबै सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ–संस्था बन्द रहेका छन्।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार २०८१ चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भदौ ४ गतेका लागि सार्वजनिक बिदा तय गरिएको हो।

दिवसको अवसरमा बुधबार बिहान प्रभातफेरि आयोजना गरिएको छ भने बिहीबारसम्म विभिन्न कार्यक्रम गर्दै स्थापना तथा शहीद दिवसलाई उत्सवका रूपमा मनाइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्