Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कर्णाली प्रदेशमा स्थापना अवसरमा सार्वजनिक बिदा

४ भाद्र २०८२, बुधबार ०७:०३

कर्णाली। कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ। स्थापना तथा शहीद दिवसको अवसरमा दिइएको यस बिदाका कारण सबै सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ–संस्था बन्द रहेका छन्।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार २०८१ चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भदौ ४ गतेका लागि सार्वजनिक बिदा तय गरिएको हो।

दिवसको अवसरमा बुधबार बिहान प्रभातफेरि आयोजना गरिएको छ भने बिहीबारसम्म विभिन्न कार्यक्रम गर्दै स्थापना तथा शहीद दिवसलाई उत्सवका रूपमा मनाइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्