Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

खाँडाचक्र–४ मा सामाजिक सुरक्षा भत्ता नविकरण आजदेखि सुरु

४ भाद्र २०८२, बुधबार ११:३०

कालिकोट। खाँडाचक्र नगरपालिका–४ वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूलाई आफ्नो विवरण परिमार्जन तथा नविकरणका लागि तोकिएको मितिमा उपस्थित हुन आग्रह गरेको छ।

सामाजिक सुरक्षा नियमावली २०७६ को नियम ८ र भत्ता वितरण कार्यविधि २०७७ को नियम ४ अनुसार, हरेक आर्थिक वर्षको अन्त्यमा लाभग्राहीहरूले अनिवार्य रूपमा आफ्नो विवरण अद्यावधिक गर्नु पर्ने व्यवस्था रहेको छ। सोही अनुसार वडा कार्यालयले भत्ता नविकरण प्रक्रिया २०८२ साल साउन ४ गते बिहान ८ बजेदेखि सुरु हुने जनाएको छ।

वडा कार्यालयका अनुसार नविकरणका लागि लाभग्राहीहरूले आफ्नो पहिचान प्रमाणित गर्न आवश्यक कागजातहरू पेश गर्नु पर्नेछ। वृद्ध नागरिकका लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपि र राष्ट्रिय परिचयपत्र अनिवार्य छन्। बालबालिकाको भत्ताका लागि जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, संरक्षणकर्ता वा अभिभावकको नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र आवश्यक पर्नेछ।

अपाङ्गता भत्ता लिन चाहनेका लागि अपाङ्गता परिचयपत्र (क, ख वर्गका लागि मात्र) अनिवार्य हुनेछ। यदि लाभग्राही १६ वर्षभन्दा मुनि छन् भने जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र १६ वर्षभन्दा माथि भए नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा राष्ट्रिय परिचयपत्र आवश्यक छ।

एकल महिला, विधवा वा विधुर महिलाले भत्ता नविकरण गर्नको लागि पतिका मृत्युदर्ता प्रमाणपत्र, आफ्नो नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्नेछ।

साथै, ९० वर्ष नाघेका जेठ नागरिकहरूले राष्ट्रिय परिचयपत्र नभएमा उनीहरूको नाम भत्ता लाभ सूचीबाट हटाइने व्यवस्था गरिएको छ। लाभग्राही स्वयं उपस्थित हुनुपर्ने हुँदा बालबालिकाको भत्ता प्राप्त गर्ने अभिभावक अनिवार्य रूपमा उपस्थित हुनुपर्ने वडा अध्यक्ष प्रभानन्द आचार्यले जानकारी दिएका छन्।

उनले भने ‘वडा कार्यालयले समयमै कागजातसहित उपस्थित भई विवरण अद्यावधिक गर्न सबै लाभग्राहीमा अनुरोध गरेको छ, ताकि भत्ता वितरणमा कुनै अवरोध नआओस्’।

प्रतिक्रिया दिनुहोस्