Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
खेलकुद

साफ यू-१७ च्याम्पियनसिप : भारतविरुद्ध नेपालले ७-० ले पराजित

४ भाद्र २०८२, बुधबार १७:४८

काठमाडौँ। नेपालले बुधबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग ७–० को फराकिलो हार बेहोरेको छ ।

खेलमा भारतका लागि अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारी र जुलन नोन्गमाइथिमले गोल गरे । अविस्ताले दुई, निराले दुई, अनुष्काले दुई र जुलनले एक गोल गर्दै भारतको विजय सुनिश्चित गरे ।

खेलको १४औँ मिनेटमा अविस्ताले गोल गर्दै भारतलाई अग्रता दिलाइन्। त्यसको ९ मिनेटपछि निराले टोलीको अग्रतालाई दोब्बर पारिन् । ३३औँ मिनेटमा अनुष्काले गोल गर्दै स्कोर ३–० बनाइन् भने ४१औँ मिनेटमा अविस्ताले व्यक्तिगत दोस्रो गोल गर्दै भारतको अग्रतालाई ४–० पुर्‍याइन् ।

पहिलो हाफको इन्जुरी समयमा जुलनले गोल गर्दै भारतलाई ५–० को आरामदायी अग्रता दिलाइन् । दोस्रो हाफमा निराले ५६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ६–० पुर्‍याइन् । ६३औँ मिनेटमा अनुष्काले व्यक्तिगत दोस्रो र टोलीका लागि सातौं गोल गर्दै खेल समाप्त भए ।

प्रतिक्रिया दिनुहोस्