Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

साफ यू-१७ च्याम्पियनसिप : भारतविरुद्ध नेपालले ७-० ले पराजित

४ भाद्र २०८२, बुधबार १७:४८

काठमाडौँ। नेपालले बुधबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग ७–० को फराकिलो हार बेहोरेको छ ।

खेलमा भारतका लागि अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारी र जुलन नोन्गमाइथिमले गोल गरे । अविस्ताले दुई, निराले दुई, अनुष्काले दुई र जुलनले एक गोल गर्दै भारतको विजय सुनिश्चित गरे ।

खेलको १४औँ मिनेटमा अविस्ताले गोल गर्दै भारतलाई अग्रता दिलाइन्। त्यसको ९ मिनेटपछि निराले टोलीको अग्रतालाई दोब्बर पारिन् । ३३औँ मिनेटमा अनुष्काले गोल गर्दै स्कोर ३–० बनाइन् भने ४१औँ मिनेटमा अविस्ताले व्यक्तिगत दोस्रो गोल गर्दै भारतको अग्रतालाई ४–० पुर्‍याइन् ।

पहिलो हाफको इन्जुरी समयमा जुलनले गोल गर्दै भारतलाई ५–० को आरामदायी अग्रता दिलाइन् । दोस्रो हाफमा निराले ५६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ६–० पुर्‍याइन् । ६३औँ मिनेटमा अनुष्काले व्यक्तिगत दोस्रो र टोलीका लागि सातौं गोल गर्दै खेल समाप्त भए ।

प्रतिक्रिया दिनुहोस्