Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
खेलकुद

टप एण्ड टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जीत

४ भाद्र २०८२, बुधबार १५:५३

काठमाडौँ। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जीत दर्ता गरेको छ। डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा बुधबार भएको खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा नौ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। कुशल मल्लले २२ बलमा २९ रन बनाउँदै टिमका लागि सर्वाधिक योगदान दिए। दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४, भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२–१२ रन जोडे।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई–दुई विकेट लिएका थिए।

जवाफी व्याटिङमा उत्रिएको रेनेगेड्स २० ओभरमै सबै विकेट गुमाउँदै १०६ रनमा अलआउट भयो। टोलीका लागि अर्जुन नायरले २६, जे लेमिरले १८ र ह्यारी डिक्सनले १६ रन बनाए। नेपालका बलर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिए भने कुशल भुर्तेलले दुई तथा रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान एक–एक विकेट झारे।

यसअघि मंगलबार नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ रनले हराएको थियो। यससँगै नेपालले पाँच खेलमध्ये दुईमा जित र तीनमा हार बेहोरेको छ। नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।

नेपालले आफ्नो आगामी खेल भदौ ६ गते पाकिस्तान शाहीन्ससँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्