Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

टप एण्ड टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जीत

४ भाद्र २०८२, बुधबार १५:५३

काठमाडौँ। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जीत दर्ता गरेको छ। डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा बुधबार भएको खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा नौ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। कुशल मल्लले २२ बलमा २९ रन बनाउँदै टिमका लागि सर्वाधिक योगदान दिए। दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४, भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२–१२ रन जोडे।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई–दुई विकेट लिएका थिए।

जवाफी व्याटिङमा उत्रिएको रेनेगेड्स २० ओभरमै सबै विकेट गुमाउँदै १०६ रनमा अलआउट भयो। टोलीका लागि अर्जुन नायरले २६, जे लेमिरले १८ र ह्यारी डिक्सनले १६ रन बनाए। नेपालका बलर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिए भने कुशल भुर्तेलले दुई तथा रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान एक–एक विकेट झारे।

यसअघि मंगलबार नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ रनले हराएको थियो। यससँगै नेपालले पाँच खेलमध्ये दुईमा जित र तीनमा हार बेहोरेको छ। नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।

नेपालले आफ्नो आगामी खेल भदौ ६ गते पाकिस्तान शाहीन्ससँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्