Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

अमेरिकाको चेतावनी : अफगानिस्तानलगायत धेरै देश यात्रा नगर्न सुझाव

४ भाद्र २०८२, बुधबार १८:०२

एजेन्सी। अमेरिकाले पुनः आफ्ना नागरिकलाई अफगानिस्तान यात्रा नगर्न आग्रह गरेको छ। अमेरिकी परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा अफगानिस्तानलाई ‘उच्च जोखिमयुक्त देश’ सूचीको शीर्ष स्थानमा राख्दै त्यहाँ गम्भीर सुरक्षा चुनौती र अनुचित रूपमा पक्राउ पर्ने सम्भावना रहेको स्पष्ट पारेको छ।

मन्त्रालयले अफगानिस्तानमा अमेरिकी नागरिकहरूलाई मनपरी नियन्त्रणमा लिइने सम्भावना उच्च भएकाले विशेष खतरा सूचक (डी–स्तरको जोखिम संकेत) प्रयोग गरेको हो। सोही सूचकमा बर्मा, इरिट्रिया, इरान, निकारागुवा, उत्तर कोरिया, रुस र भेनेजुएलालाई पनि समेटिएको छ। यी देशहरूमा पनि अमेरिकीहरू जोखिममा पर्ने प्रबल आशंका गरिएको छ।

खामा प्रेसका अनुसार, तालिवान पक्षले हालसालै केही अमेरिकी नागरिकलाई पक्राउ गरेपछि अमेरिकाको चिन्ता अझ बढेको हो। यसअघि नै अमेरिकाले अफगानिस्तानमा आतंकवाद, अपहरण, गृहअशान्ति र मनपरी गिरफ्तारीको खतरा रहेको भन्दै यात्रा चेतावनी जारी गरेको थियो। सन् २०२१ देखि अमेरिकाको काबुलस्थित दूतावास बन्द भएकाले त्यहाँ कन्सुलर सेवा उपलब्ध नभएको पनि स्मरण गराइएको छ।

यस्तै, अमेरिकाले केन्यामा पनि आतंककारी हमला हुन सक्ने सम्भावनाबारे सचेत गराउँदै आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विज्ञप्तिमा हतियारधारी समूहहरूले होटल, बजार, धर्मस्थल, विद्यालयलगायत विदेशीहरूको आवतजावत हुने स्थानमा जुनसुकै बेला आक्रमण गर्न सक्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्