Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

वडा अध्यक्ष र ईन्जिनियरसहित खाँडाचक्र–४ मा सडक अनुगमन

४ भाद्र २०८२, बुधबार २१:४५

कालिकोट। खाँडाचक्र नगरपालिका वडा नं. ४ मा सडक अवरुद्ध भएपछि वडा अध्यक्ष प्रभानन्द आचार्य र नगर ईन्जिनियर सुमित भट्टको नेतृत्वमा वडाका सडकहरूको निरीक्षण गरिएको छ।

अनुगमनको क्रममा अवरुद्ध सडकका स्थानहरूको स्थिति जाँच गरी आवश्यक सुधार र मर्मतको योजना तयार पारिएको वडा अध्यक्ष आचार्यले जानकारी दिए। यसैगरी, वडामा सामाजिक सुरक्षा भत्ता नबिकरण भएका परिवारहरूको अवस्था पनि अनुगमन गरिएको छ।

त्यसैगरी, वडामा गरिएको वृक्षारोपणका बिरुवाहरूको वृद्धि र स्वास्थ्य अवस्थाको निरीक्षण पनि गरिएको छ। नगरपालिकाले आधारभूत संरचना, सामाजिक सुरक्षा र वातावरणीय व्यवस्थापनमा नियमित अनुगमन गर्दै सुधारका कदमहरू अघि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्