Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

लिम्पियाधुरा–कालापानी–लिपुलेक हाम्रो अभिन्न भूभाग, छिमेकीलाई नेपालले गरायो स्पष्ट सन्देश

४ भाद्र २०८२, बुधबार २२:२८

काठमाडौं । नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारेको छ। संविधानमा समावेश आधिकारिक नक्साअनुसार यी भूभाग नेपालकै हिस्सा भएको सरकारले पुनः दोहोर्‍याएको हो।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको वक्तव्यमा नेपालको सीमा र भू–अखण्डताबारे उठेका प्रश्नहरूको जवाफ दिँदै भनिएको छ, “महाकाली नदीको पूर्वतर्फ अवस्थित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अविभाज्य भाग हुन्, यसबारे सरकारको धारणा स्पष्ट छ।”

मन्त्रालयले भारत र चीन दुबै मुलुकलाई यसबारे औपचारिक जानकारी गराइसकिएको समेत जनाएको छ। नेपालले यसअघि पनि विवादित क्षेत्रलाई आफ्नो नक्सामा समेटी २०७७ सालमा संविधान संशोधनमार्फत आधिकारिक मान्यता दिएको थियो। तर भारतले नयाँ सडक निर्माण कार्य अघि बढाउँदै लिपुलेक क्षेत्र प्रयोग गर्दा नेपालले आपत्ति जनाउँदै आएको छ।

मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “नेपाल–भारतबीचको सीमा विवादलाई ऐतिहासिक सन्धि–सम्झौता, नक्सा, तथ्य र प्रमाणका आधारमा समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहँदै आएको छ।”

नेपालले भारतसँगको सम्बन्धलाई घनिष्ठ, मैत्रीपूर्ण र आपसी सहयोगमा आधारित बताउँदै, सीमा समस्या पनि यही सम्बन्धलाई कायम राख्ने ढंगले कूटनीतिक वार्ता मार्फत हल गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्