Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. गणेश थापा नियुक्त

५ भाद्र २०८२, बिहीबार १६:२३

सुर्खेत। कर्णाली प्रदेश सरकारले स्वास्थ्य र कृषि क्षेत्रसम्बन्धी महत्त्वपूर्ण निर्णय गर्दै प्रदेश अस्पतालको निर्देशकमा डा. गणेश थापालाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई औपचारिक रूपमा निर्देशक बनाउने निर्णय गरेको हो। उनी यसअघि निमित्त निर्देशकका रूपमा काम गर्दै आएका थिए।

यसै बैठकले कृषि क्षेत्रमा उत्पादकत्व बढाउन ‘उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम’ सञ्चालन गर्न स्वीकृति दिएको छ। नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, अन्तर्राष्ट्रिय कृषि विकास कोष र एसियाली विकास बैंकको सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रमका लागि आवश्यक अस्थायी दरबन्दी पनि पारित गरिएको छ।

कार्यक्रमअन्तर्गत सुर्खेतमा मुख्य कार्यालय रहनेछ भने जाजरकोट र जुम्लामा ‘करिडोर कार्यक्रम’ स्थापना गरी कार्यान्वयन अघि बढाइनेछ।

यस्तै, बैठकले मुख्यमन्त्रीलाई प्रदेश सचिवहरूको पदस्थापन र सरुवासम्बन्धी अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको छ। यसअघि यो अधिकार मन्त्रिपरिषद्मै सीमित थियो।

प्रतिक्रिया दिनुहोस्