Trending
शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |    
समाचार

सोमालिल्यान्डमा चितुवाका बच्चाहरूको उद्धार

५ भाद्र २०८२, बिहीबार १७:०३

नैरोबी। सोमालियाको विभाजित क्षेत्र सोमालिल्यान्डमा जन्मदेखि नै कैद गरिएका र अन्तर्राष्ट्रिय वन्यजन्तु व्यापार बजारमा बेच्ने योजना गरिएका चितुवाका १० वटा बच्चाको उद्धार गरिएको छ ।

बच्चाहरूको हेरचाह गर्ने कम्पनी चितुवा संरक्षण कोष (सिसिएफ) की संस्थापक लौरी मार्करले बुधबार यी सबै कुपोषित भए पनि स्थिर अवस्थामा रहेको बताए । उनीहरू लामो समयसम्म कैदमा राखिएको कारण कुपोषित र अपाङ्ग जस्ता थिए ।

“एउटा आठ महिनाको बच्चा छ महिना बाँधिएको कारण हिंड्न सक्दैनथ्यो भने पाँच महिनाको बच्चा धेरै कुपोषित थियो, शरीरभरि घाउ थिए र छालामुनि बोटफ्लाई कीरा थियो”, “तर यस्ता बच्चाहरूलाई हामीले भोकमरीमा परेका मानिसहरू जस्तै रिफिडिङ सिन्ड्रोमको ख्याल राख्दै बिस्तारै खानामा परिचित गराउनुपर्छ ।”

उत्तरी सालाह जिल्लामा अगस्ट १४ मा गरिएको कारबाहीमा बच्चाहरू बोकेका दुई जनालाई पक्राउ गरिएको थियो । अधिकारीहरूले जनतालाई सन्दिग्ध वन्यजन्तु व्यापार गतिविधि रिपोर्ट गर्न आग्रह गरेका छन् ।

वातावरण मन्त्रालयका निर्देशक अब्दिनसिर हुसेन सइदले पत्रकारहरूलाई चितुवाका बच्चाहरू यस्तै अपरेशनमा उद्धार गरिएका अन्य एक सय नौ वटाको समूहमा पनि सामेल रहेको बताए ।

सोमालिल्यान्ण्ड अवैध वन्यजन्तु व्यापारको प्रमुख पारवहन केन्द्र हो । हर्न अफ अफ्रिकाबाट सयौँ चितुवा र अन्य प्रजातिहरू एडनको खाडी हुँदै खाडी देशहरूमा पठाइन्छन् । सोमालिल्यान्डमा वन्यजन्तुको स्वामित्व अवैध छ र प्रहरीले प्रायः सन्दिग्ध व्यापारीमाथि कारबाही गर्छ ।

हुसेनले भने, “हामी सोमालिल्यान्ण्डका मानिसहरूलाई उनीहरूको प्राकृतिक बासस्थानमा वन्यजन्तुहरूको संरक्षण गर्न प्रोत्साहित गर्छौं । यी जनावरहरू हाल आमाबाट अलग भएका कारण पीडित छन्, जसले आमालाई तनावमा राख्छ र सम्भवतः उनीहरू मर्न सक्छन् । एक पटक फेरि, हामी बासस्थानमा वन्यजन्तु संरक्षणको महत्त्वलाई जोड दिन चाहन्छौँ ।”

हर्न अफ अफ्रिकाका संरक्षणवादीहरूले यसअघि खाडी देशहरूमा विदेशी घरपालुवा जनावरको माग बढेको र यस अवैध व्यापारले हर्न अफ अफ्रिकाका राष्ट्रमा इकोसिस्टममा असर पार्ने चिन्ता व्यक्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्