Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

नेदरल्यान्ड्सले पोल्यान्डमा ३०० सैनिक र हवाई रक्षा प्रणाली पठाउने

५ भाद्र २०८२, बिहीबार १७:१२

आम्स्टर्डम। नेदरल्यान्ड्सले डिसेम्बर १ देखि पोल्यान्डमा करिब तीन सय सैनिकसहित दुई प्याट्रियट प्रणाली, एक नासामस प्रणाली र एन्टी–ड्रोन क्षमता भएको उन्नत हवाई रक्षा प्रणाली तैनाथ गर्ने घोषणा गरेको छ ।

डच रक्षा मन्त्रालयले बुधबार (स्थानीय समय) सार्वजनिक गरेको विज्ञप्ति अनुसार, यस कदमको उद्देश्य नाटो क्षेत्रको सुरक्षा गर्ने र जारी युद्धबीच रूसी आक्रमणलाई रोक्ने रहेको छ ।

मन्त्रालयले भनेको छ, डिसेम्बर १ देखि, रक्षा मन्त्रालयले दुई प्याट्रियट एयर डिफेन्स सिस्टम, एक नासामस, र एन्टी–ड्रोन सिस्टमसहित करिब तीन सय सैनिक तैनाथ गर्नेछ । यो एकीकृत एकाइले पोल्यान्डमा रहेको युक्रेनका लागि नाटो सुरक्षा सहायता र प्रशिक्षण (एनएसएटियु) केन्द्रलाई सुरक्षित गर्नेछ ।

यो तैनाथी पोल्यान्डको एनएसएटियु हबको सुरक्षा गर्ने ठूलो प्रयासको एक हिस्सा हो । यो केन्द्रमार्फत युक्रेनलाई सैन्य उपकरण आपूर्ति गर्न सहज हुने बताइएको छ ।

डच रक्षामन्त्री रुबेन ब्रेकलमन्सले यस तैनाथीलाई रणनीतिक दृष्टिले निकै महत्त्वपूर्ण ठहर गर्दै भने, रक्षा मन्त्रालयले दुर्लभ भए पनि उन्नत क्षमता उपलब्ध गराइरहेको छ र नेदरल्यान्ड्स त्यसलाई उपलब्ध गराउन सक्षम भएको छ । यस तैनाथीले तीन प्रमुख लक्ष्यमा योगदान पुर्‍याउँछ – नाटो क्षेत्रको सुरक्षा, रूसी आक्रमणलाई रोकथाम र युक्रेनलाई निरन्तर समर्थन । यसरी, हामी रूसी खतरालाई सकेसम्म टाढा राख्छौँ ।

विज्ञप्तिमा एकीकृत युनिटले ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल, लडाकू विमान, हेलिकप्टर र ड्रोनजस्ता सम्भावित खतराहरूको सामना गर्न स्तरबद्ध हवाई सुरक्षा उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिले थप स्पष्ट पारेको छ, यो तीनवटा फरक क्षमताहरू भएको एकीकृत एकाइ हो ।

दुई प्याट्रियट प्रणालीसँगै यसमा नासामस हवाई रक्षा प्रणाली र एन्टी–ड्रोन प्रणाली पनि समावेश छन् । यसरी, नेदरल्यान्ड्सले साझेदारहरूसँग मिलेर ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल, लडाकू विमान, हेलिकप्टर र ड्रोनबाट हुने सम्भावित आक्रमण विरुद्ध स्तरित सुरक्षा प्रदान गर्नेछ ।

यो तैनाथी सन् २०२५ डिसेम्बर १ देखि सुरु भएर सन् २०२६ जुन १ सम्म जारी रहने मन्त्रालयले जनाएको छ । यसअघि केही दिनमै युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेट गरेका थिए । सो अवसरमा धेरै युरोपेली नेताहरू पनि सहभागी भएका थिए ।

नेताहरूले रूस–युक्रेन युद्ध समाधान गर्ने प्रयाससँगै युक्रेनलाई युद्धपछिको सुरक्षा ग्यारेन्टी दिने विषयमा युरोपेली राष्ट्रहरूको भूमिकामा ध्यान केन्द्रित गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्