Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

टप टी–२० सिरिज : निर्णायक खेलमा पाकिस्तानसँग भिड्दै नेपाल

६ भाद्र २०८२, शुक्रबार ०६:३३

काठमाडौं। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले समूह चरणको अन्तिम खेलअन्तर्गत शुक्रबार पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुने यो खेल नेपालका लागि जीवन–मरणको जस्तो बन्ने देखिएको छ। सिरिजमा नेपालले अहिलेसम्म पाँच खेल खेल्दा दुईमा जित हात पार्दा तीन खेलमा हार बेहोरेको छ।

पहिलो तीन खेलमा नर्दन टेरिटोरी स्ट्राइक, बंगलादेश ‘ए’ र मेलबर्न स्टार्ससँग पराजित भएको नेपालले चौथो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रन र पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्दै आत्मविश्वास फिर्ता ल्याएको छ।

अहिले ११ टोली सहभागी सिरिजको अंक तालिकामा चार अंकसहित सातौं स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न पाकिस्तानलाई हराउनैपर्ने दबाब छ। अर्कोतर्फ, ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको पाकिस्तान विजयी भएमा नेपाल समूह चरणमै बाहिरिनेछ।सिरिजको सेमिफाइनलमा शीर्ष चार टोली मात्र पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस्