Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
खेलकुद

टप टी–२० सिरिज : निर्णायक खेलमा पाकिस्तानसँग भिड्दै नेपाल

६ भाद्र २०८२, शुक्रबार ०६:३३

काठमाडौं। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले समूह चरणको अन्तिम खेलअन्तर्गत शुक्रबार पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुने यो खेल नेपालका लागि जीवन–मरणको जस्तो बन्ने देखिएको छ। सिरिजमा नेपालले अहिलेसम्म पाँच खेल खेल्दा दुईमा जित हात पार्दा तीन खेलमा हार बेहोरेको छ।

पहिलो तीन खेलमा नर्दन टेरिटोरी स्ट्राइक, बंगलादेश ‘ए’ र मेलबर्न स्टार्ससँग पराजित भएको नेपालले चौथो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रन र पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्दै आत्मविश्वास फिर्ता ल्याएको छ।

अहिले ११ टोली सहभागी सिरिजको अंक तालिकामा चार अंकसहित सातौं स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न पाकिस्तानलाई हराउनैपर्ने दबाब छ। अर्कोतर्फ, ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको पाकिस्तान विजयी भएमा नेपाल समूह चरणमै बाहिरिनेछ।सिरिजको सेमिफाइनलमा शीर्ष चार टोली मात्र पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस्