Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातीका चरा

६ भाद्र २०८२, शुक्रबार ०६:४०

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वका दुर्लभ सूचीका १९ प्रजातीका चरा रहेका छन्।

निकुञ्जमा रहेका ४ सय २३ प्रजातीका चरा मध्ये १९ प्रजातीका चरा दुर्लभ प्रजातीका रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गाेपाल घिमिरेले बताए। नेपालमा ३२ प्रजातीका दुर्लभ चराको बासस्थान रहेको छ।

शुक्लाफाँटाका संरक्षित दुर्लभ चराको पोष्टर विमोचनका क्रममा संरक्षण अधिकृत घिमिरेले भने, ‘नेपालमा रहेका दुर्लभ चरामध्ये ६० प्रतिशत भन्दा बढी शुक्लामै छन्। चरा अवलोकन गर्ने पर्यटकका लागि यो उपयुक्त गन्तव्य हो।’

शुक्लाफाँटामा सबै भन्दा बढी खरमुजुरको संख्या रहेको छ। यहाँको घाँसे शुक्लाफाँटा मैदान लगायतका स्थानमा खर मुजुर, सानो खर मुजुरको बासस्थान रहेको उनले बताए। विमोचित पोष्टरमा दुर्लभको सूचीमा रहेका गिद्धमध्ये चार प्रजाती शुक्लाफाँटामा रहेका छन्। जसमा सुन गिद्ध, सानो खैरो गिद्ध, डंगर गिद्ध र सेतो गिद्ध छन्। पछिल्लो अवस्थामा लोपाेन्मुख अवस्थामा रहेका गिद्ध पनि अहिले आरक्षमा उल्लेख्य संख्यामा देखिने गरेका आरक्षले जनाएको छ।

संरक्षण अधिकृत घिमिरेका अनुसार यहाँ रहेका दुर्लभ चरा केहि सूचिकृत र केहि सूचिकृत हुने क्रममा रहेका छन्। गिद्धका चार र मजुरका दुई प्रजातीसंगै सिम तित्रा, सारस, भुँडीफोर गरुड, बोक्सी चील, जीवहारा महाचील, लघु महाचील, सानो बौंडाई, राजलाहांचे, बंगाले बगेडी, सुनौलो तोपचरा, नर्कट भ्याकुर, काँसे घाँसेचरी र सेतो कष्ठे घिप्सी यहाँ संरक्षित छन्।

मुख्यतया बाघ र बाह्रसिंगेको उपयुक्त बासस्थानका रुपमा परिचित शुक्लाका चराहरुबारे प्रचारप्रसार भए त्यसप्रति चाँसो राख्ने पर्यटकका लागि शुक्लाफाँटा अन्य संरक्षित क्षेत्र सरह उपयुक्त स्थान भएको घिमिरेको भनाई छ।

प्रतिक्रिया दिनुहोस्