Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातीका चरा

६ भाद्र २०८२, शुक्रबार ०६:४०

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वका दुर्लभ सूचीका १९ प्रजातीका चरा रहेका छन्।

निकुञ्जमा रहेका ४ सय २३ प्रजातीका चरा मध्ये १९ प्रजातीका चरा दुर्लभ प्रजातीका रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गाेपाल घिमिरेले बताए। नेपालमा ३२ प्रजातीका दुर्लभ चराको बासस्थान रहेको छ।

शुक्लाफाँटाका संरक्षित दुर्लभ चराको पोष्टर विमोचनका क्रममा संरक्षण अधिकृत घिमिरेले भने, ‘नेपालमा रहेका दुर्लभ चरामध्ये ६० प्रतिशत भन्दा बढी शुक्लामै छन्। चरा अवलोकन गर्ने पर्यटकका लागि यो उपयुक्त गन्तव्य हो।’

शुक्लाफाँटामा सबै भन्दा बढी खरमुजुरको संख्या रहेको छ। यहाँको घाँसे शुक्लाफाँटा मैदान लगायतका स्थानमा खर मुजुर, सानो खर मुजुरको बासस्थान रहेको उनले बताए। विमोचित पोष्टरमा दुर्लभको सूचीमा रहेका गिद्धमध्ये चार प्रजाती शुक्लाफाँटामा रहेका छन्। जसमा सुन गिद्ध, सानो खैरो गिद्ध, डंगर गिद्ध र सेतो गिद्ध छन्। पछिल्लो अवस्थामा लोपाेन्मुख अवस्थामा रहेका गिद्ध पनि अहिले आरक्षमा उल्लेख्य संख्यामा देखिने गरेका आरक्षले जनाएको छ।

संरक्षण अधिकृत घिमिरेका अनुसार यहाँ रहेका दुर्लभ चरा केहि सूचिकृत र केहि सूचिकृत हुने क्रममा रहेका छन्। गिद्धका चार र मजुरका दुई प्रजातीसंगै सिम तित्रा, सारस, भुँडीफोर गरुड, बोक्सी चील, जीवहारा महाचील, लघु महाचील, सानो बौंडाई, राजलाहांचे, बंगाले बगेडी, सुनौलो तोपचरा, नर्कट भ्याकुर, काँसे घाँसेचरी र सेतो कष्ठे घिप्सी यहाँ संरक्षित छन्।

मुख्यतया बाघ र बाह्रसिंगेको उपयुक्त बासस्थानका रुपमा परिचित शुक्लाका चराहरुबारे प्रचारप्रसार भए त्यसप्रति चाँसो राख्ने पर्यटकका लागि शुक्लाफाँटा अन्य संरक्षित क्षेत्र सरह उपयुक्त स्थान भएको घिमिरेको भनाई छ।

प्रतिक्रिया दिनुहोस्