Trending
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन     |     रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता     |     वीरगञ्जका मेयर राजेशमान सिंह सवा ४ लाख धरौटीमा रिहा     |     सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेट     |     मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     विश्व दूध दिवसमा विद्यालयका विद्यार्थीलाई एक गिलास दूध वितरण     |     पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश     |     सन्दीप, दीपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने     |     हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा     |    
समाचार

ट्रम्पको चेतावनी : दुई साताभित्र युद्धविराम नभए रूसमाथि कडा कदम

७ भाद्र २०८२, शनिबार १२:०९

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध तत्काल रोक्नुपर्ने आवश्यकता औंल्याउँदै आगामी दुई साताभित्र समाधान नभए रूसमाथि कडा कदम चालिने चेतावनी दिएका छन्।

अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट भएको एक सातापछि ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन्। ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, “छिट्टै ठूलो निर्णय गर्नेछु। त्यो चाहे ठूला प्रतिबन्ध होस्, कर होस् वा दुवै पनि। अथवा हामी यो भन्न सक्छौं कि यो युद्ध तपाईंहरूको हो, अमेरिकाको होइन।”

युक्रेनस्थित अमेरिकी स्वामित्वको एक कारखानामा हालै भएको रुसी आक्रमणप्रति उनले आक्रोश व्यक्त गरे। उक्त आक्रमणबाट कारखानामा आगलागी भएको र कामदारहरू घाइते भएको जनाइएको छ।

ट्रम्पले थपे, “म युद्धमा भइरहेको घटनाबाट सन्तुष्ट छैन। अर्को दुई हप्ताभित्र परिस्थिति कुन दिशामा जान्छ भन्ने स्पष्ट हुनेछ।” उनले रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता गर्नुपर्नेमा जोड दिए। “यदि उनीहरू बस्न चाहेनन् भने, म त्यसको कारण खोज्नेछु,” ट्रम्पले भने।

ट्रम्पले आफ्नो कार्यकालमा सातवटा युद्ध अन्त्य गरिसकेको र तीनवटा सम्भावित द्वन्द्वलाई रोक्न सफल भएको दाबी पनि गरे। यसअघि, अगस्ट १८ मा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका सम्भावनाबारे छलफल गर्न वाशिङ्टन भ्रमण गरेका थिए। त्यतिबेला ट्रम्पले पुटिन–जेलेन्स्की भेटको पहल भइरहेको बताएका थिए।

तर, अगस्ट १५ को अलास्का शिखर बैठकपछि पनि रूस र युक्रेनबीच युद्धविरामबारे सहमति बन्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्