Trending
शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |    
समाचार

एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार

८ भाद्र २०८२, आईतवार १८:१६

वासिङ्टन। एलन मस्कको कम्पनी स्पेसएक्स आज आइतबार आफ्नो स्टारसिप मेगारकेटको दशौँ परीक्षण उडानका लागि तयारी अवस्थामा छ। पछिल्ला पटक–पटकका असफलताले यसको भविष्यप्रति प्रश्न उठाइरहेका बेला यो उडानलाई निर्णायक मानिएको छ।

विश्वकै सबैभन्दा शक्तिशाली मानिने यो प्रक्षेपण यान स्थानीय समय साँझ ६:३० बजे (२३३० GMT) दक्षिण टेक्सासस्थित स्टारबेसबाट उड्ने कार्यक्रम रहेको छ। यसपटक रकेटलाई परीक्षणको श्रृङ्खलामा लगेर पृथ्वीको आधा यात्रा पूरा गराई अन्ततः हिन्द महासागरमा खसाल्ने योजना छ। तर, कम्पनीले यसअघि चर्चामा आएको ‘चपस्टिक’ प्रणाली प्रयोग गरी बुस्टर समात्ने प्रयास नगर्ने जनाएको छ।

स्टारसिप मस्कको मङ्गल उपनिवेश सपनाको मूल आधार मानिन्छ भने नासाले पनि यसको परिमार्जित संस्करणलाई आगामी आर्टेमिस चन्द्र अभियानमा प्रयोग गर्ने तयारी गरेको छ। तर अघिल्ला तीन परीक्षण उडानहरू क्रमशः क्यारिबियन टापु नजिक र अन्तरिक्ष प्रवेशपछि विस्फोटमा समाप्त भएका थिए। यसै वर्ष स्थिर इन्जिन परीक्षण (Static Fire) क्रममा अर्को नमुना जमिनमै विस्फोट भएको थियो।

विशेषज्ञहरूका अनुसार, निरन्तर असफलताले स्टारसिपको विश्वासनीयता घटाइरहेको छ। अन्तरिक्ष विश्लेषक डलास कासाबोस्की भन्छन्, “यो परीक्षणमा ठूलो दबाब छ— हालसम्मका प्रयासहरू सफलताभन्दा असफल नै बढी छन्।” पूर्व इन्जिनियर विल लकेटका अनुसार, पुनः प्रयोगयोग्य बनाउन हल्का बनाइएका संरचनाले कमजोरी निम्त्याई हालका विस्फोटहरू गराएको हो।

यद्यपि स्पेसएक्सले यसै अवधारणाबाट भविष्य खोजिरहेको छ। सफल भएमा पूर्णरूपमा पुनः प्रयोगयोग्य यान, कक्षामा इन्धन भर्ने क्षमता र गहिरो अन्तरिक्ष अभियान सम्भव हुने विश्वास गरिएको छ। तर त्यहाँ पुग्न अझै प्राविधिक चुनौतीहरू बाँकी छन्।

यसबीच वातावरणीय आलोचनाबीच फ्लोरिडामा नयाँ प्रक्षेपण तथा अवतरण सुविधा निर्माण भइरहेको छ। कम्पनीले प्रक्षेपणको आवृत्ति बढाउँदै लगे पनि, आजको उडानलाई नै स्टारसिपको विश्वसनीयता परीक्षण गर्ने ‘टर्निङ प्वाइन्ट’का रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्