Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

नख्खु टहराको छतमा रहेकालाई हेलिकप्टरबाट उद्धार गर्न सकेनौं : गृहमन्त्री

१२ आश्विन २०८१, शनिबार १२:२७

१२ असोज, काठमाडौं । ललितपुरको नख्खुको नदीछेउको एक टहराको छतमा रहेकाहरूलाई हेलिकप्टरबाट उद्दार गर्न नसकिएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

भिजिबिलिटीका कारण उनीहरूलाई हेलिकप्टरबाट उद्धार गर्न नसकिएको र स्थलमार्गबाट पनि उद्धारको प्रयास असफल भएको उनले बताएका छन् ।

नेपाल सरकारको कमान्ड पोस्टको सिंहदरबारमा बसेको बैठकपछि गृहमन्त्री लेखकले नख्खुमा भएको घटनाको विषयमा जानकारी दिएका हुन् । ‘नख्खु खोलामा केही मानिसहरू टहराको छतमा बसेको अवस्थामा कोसिस गर्दागर्दै पनि बचाउन सकेनौं । मानिसहरूलाई बचाउन सकेनौं । हेलिकप्टठर उडाएर उद्धार गर्न, भिजिबिलिटिका कारणले हेलिकप्टर उडाएर जोगाउन सकेनौं,’ लेखकले भने ।

उद्धारका क्रममा केही प्रहरी जवान बगेको र उनीहरूलाई भने उद्धार गरिएको उनले जानकारी दिएका छन् । नख्खुमा केही व्यक्तिहरू टहराबाट बगेका छन् । उनीलाई उद्धारको प्रयास गर्दागर्दै नदीले बगाएको हो ।

प्रतिक्रिया दिनुहोस्