Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

नख्खु टहराको छतमा रहेकालाई हेलिकप्टरबाट उद्धार गर्न सकेनौं : गृहमन्त्री

१२ आश्विन २०८१, शनिबार १२:२७

१२ असोज, काठमाडौं । ललितपुरको नख्खुको नदीछेउको एक टहराको छतमा रहेकाहरूलाई हेलिकप्टरबाट उद्दार गर्न नसकिएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

भिजिबिलिटीका कारण उनीहरूलाई हेलिकप्टरबाट उद्धार गर्न नसकिएको र स्थलमार्गबाट पनि उद्धारको प्रयास असफल भएको उनले बताएका छन् ।

नेपाल सरकारको कमान्ड पोस्टको सिंहदरबारमा बसेको बैठकपछि गृहमन्त्री लेखकले नख्खुमा भएको घटनाको विषयमा जानकारी दिएका हुन् । ‘नख्खु खोलामा केही मानिसहरू टहराको छतमा बसेको अवस्थामा कोसिस गर्दागर्दै पनि बचाउन सकेनौं । मानिसहरूलाई बचाउन सकेनौं । हेलिकप्टठर उडाएर उद्धार गर्न, भिजिबिलिटिका कारणले हेलिकप्टर उडाएर जोगाउन सकेनौं,’ लेखकले भने ।

उद्धारका क्रममा केही प्रहरी जवान बगेको र उनीहरूलाई भने उद्धार गरिएको उनले जानकारी दिएका छन् । नख्खुमा केही व्यक्तिहरू टहराबाट बगेका छन् । उनीलाई उद्धारको प्रयास गर्दागर्दै नदीले बगाएको हो ।

प्रतिक्रिया दिनुहोस्