Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

मिथिला क्षेत्रमा आज चौरचन पर्व

१० भाद्र २०८२, मंगलवार ०८:५५

काठमाडौँ। मिथिला क्षेत्रमा मंगलबार चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ। चौरचनमा राति चन्द्रमाको पूजा गरिन्छ।

पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ। कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ।

संस्कृतिविद् ध्रुव राय पर्वका अवसरमा परिवारका सदस्य जमघट हुने र एकैसाथ विविध परिकार खाने चलन भएकाले आपसी सम्बन्ध बलियो बनाउने माध्यम भएको बताउँछन्।

महिला आज दिनभर निराहार उपबास बसी राति चन्द्रमाको पूजाआजा गरेपछि अन्न र जल ग्रहण गर्नेछन्। पर्वमा विभिन्न फलफूल, मिठाइ, दही, पुरी र खीर खाने चलन रहेको जलेश्वर नगरपालिका- ८ का व्रतालु राजवतीदेवीले बताए।

महिलाहरुले पूजा सकाएपछि घरका सबै सदस्यहरुले पालैपालो आँगनमा राखिएको विभिन्न फलफूल लिएर चन्द्रमाको दर्शन गर्छन्। चौरचनपर्व सम्पन्न भएपछि परिवारका सदस्य आँगनमै बसेर खीर, पुरी, दही, मिठाइ खान्छन्।

प्रतिक्रिया दिनुहोस्