Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सल्यानमा भीरबाट खस्दा युवतीको ज्यान

१० भाद्र २०८२, मंगलवार १९:३५

सल्यान। सल्यानको बाग्चौर नगरपालिका–९ परिलेखकी २४ वर्षीया गीता ओलीको भीरबाट खस्दा मृत्यु भएको छ ।

स्थानीय मोखल्यान सामुदायिक वनमा बाख्रा चराएर घर फर्कँदै गरेकी ओली सोमबार बेलुकी करिब ७ बजेतिर भीरबाट करिब ५ सय मिटर तल खसेकी थिइन् ।

उनको टाउकामा गहिरो चोट लागेपछि गम्भीर घाइते अवस्थामा जिल्ला अस्पताल सल्यानतर्फ ल्याइँदै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।

ओलीको अकस्मात मृत्युले गाउँमा शोक छाएको छ ।

प्रतिक्रिया दिनुहोस्