Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

लुम्बिनी लाभाजमा दुई नयाँ विदेशी खेलाडी थपिए

१० भाद्र २०८२, मंगलवार २१:३०

काठमाडौँ। फ्रेन्चाईज भलिबल टिम लुम्बिनी लाभाजले थप दुई विदेशी खेलाडीलाई टिममा अनुबन्धन गरेको छ ।

वात्सल्य एभरेष्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजले रसियाकी केसेनीय तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई टिममा अनुबन्धन गरेको हो ।

प्रतियोगिताको नयाँ टिमको रुपमा रहेको लुम्बिनी लाभाजले आफ्नो टोलीलाई थप बलियो बनाउन रसिया र किर्गिस्तानबाट दुई खेलाडीलाई थप गरेको हो ।

रसियन केसेनीया रुसी राष्ट्रिय लिगमा लामो अनुभव बटुलेकी कुशल आउटसाइड हिटर हुन् । उनको शक्तिशाली स्पाइक, बलियो ब्लकिङ र स्थिर डिफेन्सले टोलीलाई महत्वपूर्ण लाभ पुग्ने विश्वास गरिएको छ ।

यस्तै किर्गिस्तानको राष्ट्रिय टोलीकी सदस्य भइसकेकी कुलोभा पनि आउटसाइड हिटर पोजिसनमा खेल्छिन् । उनको प्रभावशाली प्रहार गर्ने क्षमता र निरन्तर ऊर्जा भर्ने शैलीले टोलीलाई थप गतिशीलता दिने विश्वास टिमले लिएको छ ।

लुम्बिनी लाभाजले पहिलो विदेशी खेलाडीको रुपमा रसियाकी ब्लकर भेरोनिका जुवरेभालाई सार्वजनीक गरिसकेको छ । तीन विदेशी खेलाडीको आगमनले टिम बलियो बनेको विश्वास क्लबले गरेको छ ।

लुम्बिनी लाभाजले अक्सनमार्फत राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही सहित कामना विष्ट, अलिसा मानन्धर, शान्तीकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई टोलीमा समावेश गरेको छ । यस्तै ट्यालेन्ट हन्टबाट जानकी केसीलाई अनुबन्धन गरेको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको उत्कृष्ट संयोजनले लुम्बिनी लाभाज यस सिजनको लिगमा एक शक्तिशाली टोलीका रूपमा प्रस्तुत हुने अपेक्षा छ ।

दोस्रो सिजनको प्रतियोगितामा उच्चस्तरीय प्रतिस्पर्धा र आकर्षक खेल प्रदर्शनका साथै नेपाली महिला खेलाडीको सशक्तीकरण र भलिबल खेलको लोकप्रियता बढाउन योगदान पुर्याउने लक्ष्य लुम्बिनी लाभाजले राखेको छ ।

इन्फिनिटी ड्रीम्स प्रा. लि.को आयोजनामा पोखरामा सञ्चालन हुने प्रतियोगिता भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुदैछ ।

प्रतिक्रिया दिनुहोस्