Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

रास्वपा सचिवालयको बैठक जारी

११ भाद्र २०८२, बुधबार १४:१६

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक केन्द्रीय कार्यालय वनस्थलीमा जारी छ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी गतिविधि, संसदीय दलको बैठक, रुपन्देही–३ उपनिर्वाचन तयारी तथा सुदूरपश्चिम प्रदेश समस्या समाधान कार्यदलको प्रगति रिपोर्टबारे छलफल हुने बताइएको छ।

विधान व्याख्या (अनुशासन आयोगको प्रयोजनको लागि) अनुमोदन सम्बन्धमा, रुपन्देही उपनिर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ताका सम्बन्धमा र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन सूचीबाट नाम हटाउनेसम्बन्धी निवेदनका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फ्युचर लिडर्स समिट आयोजना गर्ने सम्बन्धमा, भिजिट भिसा प्रकरण छानबिन समितिको म्याद थप सम्बन्धमा, विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्न दबाब दिने अभियान सम्बन्धमा र सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर प्रभावकारी बनाउने सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्