Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

जाजरकोट भेरी नगरपालिकाका ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१२ भाद्र २०८२, बिहीबार २१:५१

वीरेन्द्रनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले नगरपालिकाका ६ जना कर्मचारी र ठेकेदार कम्पनीका २ जना साझेदारलाई ३६ लाख २० हजार ५७८ रुपैयाँ १० पैसा बिगोसहित बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र पेश गरेको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा वडा नम्बर ६, ९ र १० को कार्यालय भवन ठेक्का प्रक्रियामा सार्वजनिक खरिद नियमावली उल्लङ्घन गरी भ्रष्टाचार भएको पाइएको छ। मुख्य दोषीका रूपमा घर्तीसहित इन्जिनीयर मोहन मल्ल, कानुन अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्रबहादुर कठायत, जिन्सी शाखा प्रमुख कृतिवहादुर थापा र ठेकेदार गंगाकुमारी खड्का तथा चित्रबहादुर बोहरा समावेश छन्।

प्रतिक्रिया दिनुहोस्