Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

जाजरकोट भेरी नगरपालिकाका ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१२ भाद्र २०८२, बिहीबार २१:५१

वीरेन्द्रनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले नगरपालिकाका ६ जना कर्मचारी र ठेकेदार कम्पनीका २ जना साझेदारलाई ३६ लाख २० हजार ५७८ रुपैयाँ १० पैसा बिगोसहित बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र पेश गरेको छ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा वडा नम्बर ६, ९ र १० को कार्यालय भवन ठेक्का प्रक्रियामा सार्वजनिक खरिद नियमावली उल्लङ्घन गरी भ्रष्टाचार भएको पाइएको छ। मुख्य दोषीका रूपमा घर्तीसहित इन्जिनीयर मोहन मल्ल, कानुन अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्रबहादुर कठायत, जिन्सी शाखा प्रमुख कृतिवहादुर थापा र ठेकेदार गंगाकुमारी खड्का तथा चित्रबहादुर बोहरा समावेश छन्।

प्रतिक्रिया दिनुहोस्