Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सल्यानमा जिप दुर्घटना, १९ घाइते

१२ भाद्र २०८२, बिहीबार ०३:५२

सल्यान। सल्यानमा बिहीबार दिउँसो जिप दुर्घटना हुँदा १९ जनाको घाइते भएको छ।

शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगर तर्फ आउँदै गरेको लु १ ज २३६८ नम्बरको जिप रेसमज्युलानजिकै ग्रामीण सडकमा अनियन्त्रित भएर करिब ५ मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार सबै घाइतेलाई कर्णाली अस्पताल, श्रीनगरमा उपचारका लागि लगिएको छ। जिपमा २० जना सवार थिए। दुर्घटनापछि जिप चालक वर्ष २३ का सुरेश बुढाथोकी प्रहरी नियन्त्रणमा छन् र घटना सम्बन्धी अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस्