Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
खेलकुद

नेपाललाई हराउँदै भारत साफ यु-१७ महिला च्याम्पियन

१३ भाद्र २०८२, शुक्रबार २१:५७

काठमाडौँ। भारतले साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ। भुटानमा भइरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलअघि नै भारत च्याम्पियन बनेको हो।

लगातर पाँचौ जित निकाल्ने क्रममा शुक्रबार भारतले नेपालमाथि ५-० को जित निकाल्यो। प्रतियोगितामा नेपाल र भारतसहित भुटान र बंगलादेश सहभागी छन्।

नेपालले प्रतियोगितामा आफ्ना पाँच मध्ये चार खेल गुमाइसकेको छ। नेपालले भारत र बंगलादेशसँग खेलेका दुवै खेल गुमाएको हो। पहिलो खेलमा भुटानलाई हराएको नेपालले अब अन्तिममा भुटानसँग नै खेल्नेछ। यो खेलको विजेताले तेस्रो स्थानमा रहने टोलीको टुंगो लाग्नेछ।

चार टोलीबीच भएको प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा भएको हो भने सर्वाधिक अंक जोड्ने टोली च्याम्पियन बन्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्