Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

नेपाललाई हराउँदै भारत साफ यु-१७ महिला च्याम्पियन

१३ भाद्र २०८२, शुक्रबार २१:५७

काठमाडौँ। भारतले साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को उपाधि जितेको छ। भुटानमा भइरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलअघि नै भारत च्याम्पियन बनेको हो।

लगातर पाँचौ जित निकाल्ने क्रममा शुक्रबार भारतले नेपालमाथि ५-० को जित निकाल्यो। प्रतियोगितामा नेपाल र भारतसहित भुटान र बंगलादेश सहभागी छन्।

नेपालले प्रतियोगितामा आफ्ना पाँच मध्ये चार खेल गुमाइसकेको छ। नेपालले भारत र बंगलादेशसँग खेलेका दुवै खेल गुमाएको हो। पहिलो खेलमा भुटानलाई हराएको नेपालले अब अन्तिममा भुटानसँग नै खेल्नेछ। यो खेलको विजेताले तेस्रो स्थानमा रहने टोलीको टुंगो लाग्नेछ।

चार टोलीबीच भएको प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा भएको हो भने सर्वाधिक अंक जोड्ने टोली च्याम्पियन बन्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्