Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सिंजा गाउँपालिकामा ताला लाग्दा कामकाज ठप्प

१३ भाद्र २०८२, शुक्रबार २२:११

जुम्ला। सिंजा गाउँपालिकामा बजेटको असन्तुष्टि जनाउँदै चार वडाध्यक्षसहित केही प्रतिनिधिहरूले लगाएको ताला तीन दिन बितिसक्दा पनि खुल्न सकेको छैन। ताला लाग्दा पालिकामा दैनिक कामकाज ठप्प भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीका अनुसार अध्यक्ष पूर्णप्रसाद धिताल हाल कामको सिलसिलामा काठमाडौंमा रहेका कारण पालिकामा लगाइएको ताला खोल्न असम्भव छ।

असन्तुष्ट वडाध्यक्षले ताला खोल्न अस्वीकार गर्दै बजेटसँग सम्बन्धित माग पूरा नभएसम्म यस अडानमा रहेको बताएका छन्। यस कारण नागरिकले गाउँपालिकाबाट पाउनुपर्ने सेवा प्रभावित भएको छ। कांग्रेस, एमाले, एकीकृत समाजवादी, र राप्रपाका नेताहरूले बजेटको विरोधमा संघर्ष समिति समेत गठन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्