Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

तत्कालका लागि सबै तहको परीक्षा स्थगित गर्ने सरकारको निर्णय

१२ आश्विन २०८१, शनिबार १२:४०

१२ असोज, काठमाडौं । सरकारले अहिले भइरहेको परीक्षा सबै परीक्षा रोक्ने निर्णय गरेको छ ।

सरकारको आज बसेको आकस्मिक बैठकले भारी बर्षाको कारण देखाउँदै जारी सबै किसिमका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कार्यबाहाक प्रधानमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा बसेको बैठकले बाढी पहिलोबाट ज्यान गुमाएका परिवारलाई राहत र क्षतिपूर्ति दिने, घाइतेहरुको निःशुल्क उपचार गर्ने अलपत्र यात्रुको तत्काल उद्दार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

परीक्षा थोरै समयका लागि स्थगन गर्ने निर्णय उनको भनाई छ । सरकारको यो निर्णयसँगै भोलिदेखि हुने मेडिकल काउन्सिलको परीक्षा पनि स्थगित भएको छ ।  दुई दिनदेखि परेको भारी वर्षाले देशभर ठूलो जनधनको क्षति पुगेको छ । यो बर्षा अझ एक दिन जारी रहनसक्ने मौसमविद्हरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्