Trending
शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |    
समाचार

मनाङ–२ मा उपनिर्वाचन मिति तय

१३ भाद्र २०८२, शुक्रबार २२:१७

मनाङ। गण्डकी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १(२) मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने निश्चित भएको छ। सर्वोच्च अदालतको आदेशपछि प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएपछि यहाँ मतदानको प्रक्रिया अघि बढेको हो।

निर्वाचन आयोगको शुक्रबारको बैठकले मनाङमा सो मितिमा उपनिर्वाचन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

निर्वाचन आयोगले यसअघि तोकेको रूपन्देही–३ को अन्तिम मतदाता नामावली मनाङमा पनि लागू हुने जनाइएको छ। संविधानअनुसार प्रदेशसभाको कार्यकालमा ६ महिनाभन्दा बढी बाँकी हुँदा रिक्त सिटमा उपनिर्वाचन गर्न सकिने प्रावधान छ। मनाङ क्षेत्र १(२) सन् २०८१ कात्तिक २० देखि रिक्त छ।

सर्वोच्च अदालतले चक्रे मिलन घटनासँग सम्बन्धित ज्यान मार्ने उद्योग मुद्दामा उच्च अदालत पाटनको फैसला मान्यता दिंदै राजीव गुरुङलाई जेल सजाय सुनाएको थियो। अदालतले उनलाई प्रदेशसभा सदस्य पदमा रहन अयोग्य ठहर गर्दै आगामी ६ वर्ष निर्वाचन लड्न नपाउने निर्णय पनि गरेको थियो।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवैधानिक इजलासले राजीव गुरुङलाई २० कात्तिक २०८१ देखि सदस्य पदको लागि अयोग्य ठहर गरेको थियो।

त्यसैगरी, कात्तिक १७ मा रूपन्देही–३ मा पनि उपनिर्वाचन हुने छ। यहाँ राप्रपाका नेता दीपक बोहोराको निधनपछि सिट रिक्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्