Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
खेलकुद

रोहितको शतकमा नेपालले साउथ अष्ट्रेलियामाथि दुई विकेटको जित

१४ भाद्र २०८२, शनिबार १७:०४

काठमाडौँ। नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए) सँगको एकदिवसीय अभ्यास खेल जितेको छ ।

आज भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको दुई सय ४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित एक सय एक रन बनाए ।

एक सय ६१ रनमा ८ विकेट गुमेको अवस्थाबाट रोहित र सोमपाल कामीले अर्धशतकीय साझेदारी गरे । सोमपाल ४० रनमा अविजित रहे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलिया निर्धारित ४५ ओभरमा २ सय ४२ रनमा अलआउट हुँदै नेपाललाई दुई सय ४३ रनको लक्ष्य दिएको थियो ।

टप एन्ड टी–२० सिरिज सकिएपछि भएको अभ्यास टी–२० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराउँदा एसएसँग पराजित भएको थियो । आउँदो विश्वकप छनोटको तयारीका लागि नेपाली टोली अस्ट्रेलिया भ्रमणमा छ ।

प्रतिक्रिया दिनुहोस्