Trending
शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |    
खेलकुद

रोहितको शतकमा नेपालले साउथ अष्ट्रेलियामाथि दुई विकेटको जित

१४ भाद्र २०८२, शनिबार १७:०४

काठमाडौँ। नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए) सँगको एकदिवसीय अभ्यास खेल जितेको छ ।

आज भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको दुई सय ४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित एक सय एक रन बनाए ।

एक सय ६१ रनमा ८ विकेट गुमेको अवस्थाबाट रोहित र सोमपाल कामीले अर्धशतकीय साझेदारी गरे । सोमपाल ४० रनमा अविजित रहे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलिया निर्धारित ४५ ओभरमा २ सय ४२ रनमा अलआउट हुँदै नेपाललाई दुई सय ४३ रनको लक्ष्य दिएको थियो ।

टप एन्ड टी–२० सिरिज सकिएपछि भएको अभ्यास टी–२० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराउँदा एसएसँग पराजित भएको थियो । आउँदो विश्वकप छनोटको तयारीका लागि नेपाली टोली अस्ट्रेलिया भ्रमणमा छ ।

प्रतिक्रिया दिनुहोस्