Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
समाचार

चीन भ्रमणमा प्रधानमन्त्री ओली : तियानजिनमा धान क्षेत्र अवलोकन

१५ भाद्र २०८२, आईतवार १०:१३

काठमाडौँ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार तियानजिनस्थित जिनान जिल्लामा रहेको विशेष धान उत्पादन क्षेत्रको अवलोकन गरेका छन्।

उनको सचिवालयका अनुसार भ्रमणको प्रमुख उद्देश्य कृषि क्षेत्रमा सहयोग विस्तार गर्नु हो।

प्रधानमन्त्री ओलीको यो भ्रमण शाङ्घाई सहयोग संगठन शिखर सम्मेलनसँगै मेल खाएको छ, जसको सुरुवात अगस्ट ३० देखि भएको छ। नेपालले कूटनीतिक र आर्थिक उपस्थितिलाई मजबुत बनाउनका लागि ओली सो सम्मेलनमा सहभागी भएका हुन्।

चीन पुगे लगत्तै ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए। दुई नेताबीच भएको छलफललाई महत्त्वपूर्ण कूटनीतिक संलग्नता मानिएको छ, जहाँ द्विपक्षीय सम्बन्ध, व्यापार तथा क्षेत्रीय सुरक्षाबारे कुराकानी भएको थियो।

कूटनीतिक स्रोतका अनुसार ओलीले चीनसँगको भेटमा नेपाल-भारतबीचको संवेदनशील सीमा विवाद लिपुलेकको विषय पनि उठाएका थिए। यसबारेमा राष्ट्रपति सीले चीन भारत–नेपालबीचको विवादमा संलग्न हुन नचाहेको स्पष्ट पार्दै तटस्थ रहने संकेत दिएका थिए।

राष्ट्रपति सीको निमन्त्रणामा भएको ओलीको यो भ्रमण बुधबारसम्म जारी रहनेछ। यस अवधिमा उनले व्यापार, पूर्वाधार र कृषि क्षेत्रका थप सम्भावनाबारे उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्