Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

नेपालले भुटानसँग बराबरी गर्दै साफ यू–१७ च्याम्पियनसिप तेस्रो बनायो

१५ भाद्र २०८२, आईतवार २०:१०

काठमाडौं। भुटानसँग बराबरी खेल्दै नेपालले साफ यु–१७ महिला च्याम्पियनसिपमा तेस्रो स्थान हात पारेको छ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आइतबार सम्पन्न अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग १–१ को बराबरी खेलेको हो। योसँगै नेपालले ६ खेलबाट एक जितसहित चार अंक जोड्यो। नेपालको एक मात्रै जित भुटानविरुद्ध थियो। पहिलो लेगमा नेपालले भुटानमाथि २–१ को पुनरागमन जित हात पारेको थियो। एक मात्रै बराबरी पनि भुटानविरुद्ध नै रह्यो।

नेपालले भारतसँग ७–० र ५–० तथा बाङ्लादेशसँग ३–० र ४–१ को हार बेहोर्‍यो। भुटान भने एक अंकसहित पुछारमा रह्यो। भुटानले उक्त अंक बाङ्लादेशसँग १–१ को बराबरी खेल्दै हात पारेको हो। नेपालका लागि बबतिका कार्कीले गोल गरिन्। भुटानका लागि सोनम याङ्जेनले बराबरी गोल फर्काइन्।

खेलको १५औं मिनेटमै नेपालले बबतिकाको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। उनले कप्तान भूमिका बुढाथोकीको पासलाई सदुपयोग गरिन्। तर, पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सोनामले गोल गर्दै भुटानलाई हारबाट जोगाइन्।

प्रतिक्रिया दिनुहोस्