Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
खेलकुद

नेपालले भुटानसँग बराबरी गर्दै साफ यू–१७ च्याम्पियनसिप तेस्रो बनायो

१५ भाद्र २०८२, आईतवार २०:१०

काठमाडौं। भुटानसँग बराबरी खेल्दै नेपालले साफ यु–१७ महिला च्याम्पियनसिपमा तेस्रो स्थान हात पारेको छ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आइतबार सम्पन्न अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग १–१ को बराबरी खेलेको हो। योसँगै नेपालले ६ खेलबाट एक जितसहित चार अंक जोड्यो। नेपालको एक मात्रै जित भुटानविरुद्ध थियो। पहिलो लेगमा नेपालले भुटानमाथि २–१ को पुनरागमन जित हात पारेको थियो। एक मात्रै बराबरी पनि भुटानविरुद्ध नै रह्यो।

नेपालले भारतसँग ७–० र ५–० तथा बाङ्लादेशसँग ३–० र ४–१ को हार बेहोर्‍यो। भुटान भने एक अंकसहित पुछारमा रह्यो। भुटानले उक्त अंक बाङ्लादेशसँग १–१ को बराबरी खेल्दै हात पारेको हो। नेपालका लागि बबतिका कार्कीले गोल गरिन्। भुटानका लागि सोनम याङ्जेनले बराबरी गोल फर्काइन्।

खेलको १५औं मिनेटमै नेपालले बबतिकाको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। उनले कप्तान भूमिका बुढाथोकीको पासलाई सदुपयोग गरिन्। तर, पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सोनामले गोल गर्दै भुटानलाई हारबाट जोगाइन्।

प्रतिक्रिया दिनुहोस्