Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
खेलकुद

चौथो खेलमा नेपाल ए आसामसँग पराजित

१५ भाद्र २०८२, आईतवार २०:१९

काठमाडौं। भारतको गुहाटीमा जारी पाँच खेलको टी–२० सिरिजको चौथो खेलमा नेपाल ए टीमले आसामसँग १८ रनले पराजित भएको छ।

एसीए स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आसामले २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनायो। नेपाल ए ले १७५ रनको लक्ष्य पछ्याउँदा ९ विकेट गुमाउँदै १५६ रनमा रोकियो। कप्तान अनिल कुमार शाहले ५० बलमा ७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६७ रन बनाए।

नेपालका लागि इशान पाण्डेले २७ रन बनाए भने पावरप्लेमा सन्दीप जोरा ११ र वसिर अहमद २ रनमा आउट भए। अन्य ब्याटरहरू सन्तोषजनक प्रदर्शन गर्न सकेनन्। आसामका लागि अभिनव चौधरी र अब्दुल अजिज कुरासीले ३–३ विकेट लिए।

पहिले ब्याटिङ गरेको आसाममा कप्तान सुमित घडिअन्करले ७० रन बनाएर रिटायर आउट भए भने ऋषिकेश तामुलिले ४६ रन जोड्न सफल भए। नेपालका लागि आकाश चन्दले २ विकेट लिए।

यस नतिजासँगै सिरिज २–२ बराबरीमा पुगेको छ। अन्तिम खेल सोमबार साँझ ५ बजे हुनेछ।

प्रतिक्रिया दिनुहोस्