Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रुपन्देही–३ उपनिर्वाचनमा रास्वपाको उम्मेदवार डा. लेखजंग थापा

१५ भाद्र २०८२, आईतवार २२:०४

काठमाडौँ। रुपन्देही ३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ।

आइतबार साँझ पत्रकार सम्मेलनमा कार्यवाहक सभापति डीपी अर्यालले प्राइमरीबाट थापा चयन भएको जानकारी दिए। प्राइमरीमा निर्वाचन क्षेत्रका स्थानीय, जिल्ला र केन्द्रका नेताहरूले मत दिएका थिए।

यसअघि ९ जनाले उम्मेदवारी दर्ता गरेका थिए। थापासँगै पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पुनमकुमारी अग्रवाल, सुलभ खरेल, कुसुम महर्जन र रचना क्षेत्री आकांक्षी थिए।

रास्वपाले प्राइमरीको प्रक्रिया दक्षिण एशियामै पहिलोपटक भएको दाबी गरेको छ। रुपन्देही ३ मा दीपक बोहोराको निधनपछि रिक्त भएको स्थानमा आगामी कातिक १७ गते मतदान हुनेछ।

प्रतिक्रिया दिनुहोस्