Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

मुख्यमन्त्री कँडेलः तीन तहको सरकारबीच समन्वय सुदृढ गर्न जरुरी

१६ भाद्र २०८२, सोमबार १६:४८

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य मजबुत बनाउनु नै विकास र समृद्धितर्फको मार्ग सहज बनाउने आधार भएको बताएका छन्।

उनले समन्वय सुदृढ भए मात्र संघीयताको वास्तविक लक्ष्य हासिल हुने बताए। आज कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को तेस्रो बैठकमा बोल्दै कँडेलले भने, “नीति र योजना संघ र प्रदेशले बनाउला, तर कार्यान्वयनको मुख्य जिम्मेवारी स्थानीय तहमा रहेको छ।”

मुख्यमन्त्री कँडेलले कर्मचारी प्रशासनतर्फ पनि ध्यानाकर्षण गर्दै केवल समस्या देखाउनु पर्याप्त नभई समाधानका व्यावहारिक उपाय सुझाउने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।

“समस्या देखाउन सजिलो छ, तर समाधानका लागि व्यवहारिक उपाय सुझाउनु अझ महत्वपूर्ण हुन्छ,” उनले भने। साथै उनले सबैलाई नियम, विधि र कानुनको पालना गर्नुपर्ने जिम्मेवारी रहेको पनि स्मरण गराए।

प्रतिक्रिया दिनुहोस्