Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सुर्खेत जंगलमा बँदेलको पासोमा चितुवा फँस्यो

१६ भाद्र २०८२, सोमबार १६:५८

सुर्खेत। सुर्खेतको लेकबेँसी नगरपालिका वडा ७ लमनास्थित जंगलमा सोमबार बिहान चितुवा पासोमा फसेको छ ।

डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख बसन्तबाबु श्रेष्ठका अनुसार बँदेल थापेको पासोमा चितुवा परेको थियो। स्थानीयले बिहान करिब ११ः१० बजे जंगलमा करिब १०० मिटरको दूरीमा चितुवा फँसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार इलाका प्रहरी कार्यालय लेकबेँसी सुर्खेतबाट प्रहरी नायव निरीक्षक मनिष गुरुङको नेतृत्वमा पाँच सदस्यीय टोली तत्काल घटनास्थलमा खटिएको छ।

प्रहरी टोली र वन कार्यालयले समन्वय गर्दै चितुवालाई सुरक्षित रूपमा उद्धार गर्ने प्रयास गरिरहेको छ, ताकि जनताको सुरक्षा र जंगलमा रहेका जंगली जनावरको सुरक्षालाई सुनिश्चित गर्न सकियोस्।

प्रतिक्रिया दिनुहोस्