Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
समाचार

महिला पर्यटन उद्यमीको रूपमा कमला गिरी सम्मानित

१६ भाद्र २०८२, सोमबार २१:०३

काठमाडौँ। पोखराकी महिला पर्यटन व्यवसायी कमला गिरीले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड प्राप्त गरेकी छन्।

सोमबार राजधानीमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्री **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले गिरीलाई ‘महिला पर्यटन उद्यमी अवार्ड’ प्रदान गर्दै सम्मानित गरेका हुन्।

सिजन मिडियाद्वारा प्रत्येक वर्ष विभिन्न क्षेत्रमा निरन्तर क्रियाशील रहँदै उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान स्वरूप यो अवार्ड प्रदान गरिन्छ। यस वर्षको छैटौं संस्करणमा २९ जना व्यक्तित्वलाई अवार्ड दिइएको छ, जसमा सात जना विदेशी नागरिक पनि रहेका छन्।

महिला पर्यटन व्यवसायीलाई एक ठाउँमा ल्याउन गिरीले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की अध्यक्षका रूपमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्। उनको हालसालै अध्यक्षीय कार्यकाल समाप्त भएको हो। यसबाहेक उनी रोटरी क्लब अफ पोखरा फिस्टेलकी अध्यक्ष र नाट्टा गण्डकीकी पूर्व उपाध्यक्ष समेत रहेकी छन्।

पर्यटन क्षेत्रमा लामो समयदेखि संलग्न गिरीले ट्राभल एजेन्सी सञ्चालनसँगै पोखराको लेकसाइडमा ह्वाइट कोरल स्पा एकेडेमी स्थापना गरेकी छिन्। हाल उनी उक्त एकेडेमीकी म्यानेजिङ डाइरेक्टरको रूपमा कार्यरत छिन्।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्