Trending
सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |    
समाचार

महिला पर्यटन उद्यमीको रूपमा कमला गिरी सम्मानित

१६ भाद्र २०८२, सोमबार २१:०३

काठमाडौँ। पोखराकी महिला पर्यटन व्यवसायी कमला गिरीले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड प्राप्त गरेकी छन्।

सोमबार राजधानीमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्री **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले गिरीलाई ‘महिला पर्यटन उद्यमी अवार्ड’ प्रदान गर्दै सम्मानित गरेका हुन्।

सिजन मिडियाद्वारा प्रत्येक वर्ष विभिन्न क्षेत्रमा निरन्तर क्रियाशील रहँदै उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान स्वरूप यो अवार्ड प्रदान गरिन्छ। यस वर्षको छैटौं संस्करणमा २९ जना व्यक्तित्वलाई अवार्ड दिइएको छ, जसमा सात जना विदेशी नागरिक पनि रहेका छन्।

महिला पर्यटन व्यवसायीलाई एक ठाउँमा ल्याउन गिरीले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की अध्यक्षका रूपमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्। उनको हालसालै अध्यक्षीय कार्यकाल समाप्त भएको हो। यसबाहेक उनी रोटरी क्लब अफ पोखरा फिस्टेलकी अध्यक्ष र नाट्टा गण्डकीकी पूर्व उपाध्यक्ष समेत रहेकी छन्।

पर्यटन क्षेत्रमा लामो समयदेखि संलग्न गिरीले ट्राभल एजेन्सी सञ्चालनसँगै पोखराको लेकसाइडमा ह्वाइट कोरल स्पा एकेडेमी स्थापना गरेकी छिन्। हाल उनी उक्त एकेडेमीकी म्यानेजिङ डाइरेक्टरको रूपमा कार्यरत छिन्।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्