Trending
शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |    
खेलकुद

नेपाल ‘ए’ टोलीले जित्यो आसामविरुद्धको सिरिज

१६ भाद्र २०८२, सोमबार २१:५६

काठमाडौं। नेपाल ‘ए’ क्रिकेट टोलीले भारतको आसामविरुद्ध ५ खेलको टी–२० सिरिज विजयी बनाएको छ।

गुवाहाटीमा भएको अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हराउँदै सिरिज आफ्नो पक्षमा पारेको हो।  नेपालले टस जितेर ब्याटिङ गर्दै ६ विकेट गुमाएर २०८ रन बनायो।

सन्दीप जोरा प्लेयर अफ द म्याच बने, उनले ३९ बलमा २ चौका र ५ छक्कासहित ६४ रन जोडे। कप्तान अनिल साह ११ बलमा १ चौकासहित १० रनमा आउट भए भने ओपनर इशान पाण्डेले २० बलमा ४ चौका र २ छक्कासहित ३२ रन बनाउँदै टिमलाई मजबूत शुरुवात दिलाए।

सन्दीप र शुभ कंसाकारले तेस्रो विकेटमा ८६ रनको साझेदारी गरे। शुभले २६ बलमा ४ छक्का र १ चौकासहित ४१ रन बनाए। बसिर अहमद १० रनमा रिटायर्ड आउट भए भने आदिल आलम अन्सारी ११ बलमा ३ छक्कासहित २५ रन बनाउँदै अविजित रहे। विवेक यादव ७ रनमा रनआउट भए र पवन सर्राफ २ बलमा ७ रनमा अविजित रहे। आसामका आयुशमान मालाकार र अभिनव चौधरीले समान ४ ओभर बलिङ गर्दै २–२ विकेट लिए।

जवाफमा आसामले ९ विकेट गुमाएर १६४ रन मात्रै बनाउन सक्यो। तेस्रो नम्बरमा ब्याटिङ गरेका भार्गव प्रितम लहकार १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २९ रनमा अविजित रहे। ओपनर सुमित घडिगाउनकर र साहिल जैनले समान २५ रन बनायो। नेपालका शेर मल्ल, आकाश चन्द र पवन सर्राफले २–२ विकेट लिए भने बसिर र आदिलले समान १–१ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्