Trending
सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |    
खेलकुद

यु–२३ एसियन कप छनोट: नेपालले आज ताजिकिस्तानसँग खेल्दै

१८ भाद्र २०८२, बुधबार १२:१६

काठमाडौँ। नेपालले घरेलु टोली ताजकिस्तानसँग खेल्दै एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको उद्घाटन गर्दैछ ।

ताजकिस्तानको राजधानी डुसान्बेस्थित पामीर रङ्गशालामा हुने उक्त खेलम नेपाली समयअनुसार आज राति ८ः१५ बजे हुनेछ । उक्त प्रतियोगितामा नेपाल समूह ‘के’ मा परेको छ । नेपालको समूहमा ताजिकिस्तानसँगै फिलिपिन्स र सिरिया रहेका छन् ।

नेपालले आफ्नो दोस्रो खेल यही भदौ २१ गते सिरियासँग खेल्नेछ भने तेस्रो खेल भदौ २४ गते फिलिपिन्सँग खेल्नेछ । आजै हुने पहिलो खेलमा भने सिरिया र फिलिपिन्सबीच प्रतिस्पर्धा हुनेछ ।

सिङ्गल राउन्ड रोविन पद्धतिको आधारमा हुने उक्त प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरेबियामा हुने एसियन कपमा स्थान बनाउनेछ । कूल ११ समूहबाट चार उत्कृष्ट उपविजेता टोलीले पनि साउदी अरेबियाका लागि छनोट हुने प्रावधान रहेको छ ।

नेपाली टोलीको गोलकिपरमा कृशल मोक्तान, अमित टमाटा र विशाल केसी छन्भने डिफेन्डरमा विवेक गुरुङ, बिशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शङ्कर थारु र सेमान्ता थापा छन् ।

त्यसैगरी मिडपिल्डरमा अभिषेक स्याङ्तान, आयुष घलान, एरोन थापा, निराज कार्की, दीपेश गुरुङ, कृतिश रत्न चुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ छन् । फरवार्डमा रोहन खड्गी र निराजन धामी छन् ।

प्रतिक्रिया दिनुहोस्