Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

नेपाल–अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगो : परराष्ट्रमन्त्री

१९ भाद्र २०८२, बिहीबार १७:३९

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र अमेरिकाबिच विश्वासमा आधारित एवं दिगो र ऐतिहासिक सम्बन्ध रहिआएको बताएकी छिन् ।

संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुईवटा स्काई ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न बिहीबार आयोजित समारोहमा मन्त्री डा. राणाले उक्त सहयोग नेपाल र अमेरिकाबिचको दिगो मित्रता र सहकार्यको प्रतीक रहेकाे बताइन्।

अमेरिका प्रजातान्त्रिक शासन प्रणालीको सुदृढीकरण, मानवतावादी सहयोग, विपत् व्यवस्थापन, शान्ति स्थापना तथा क्षमता विकासमा नेपालको एक विकास साझेदार र भरपर्दो मित्र रहेको पनि स्पष्ट पारिन्। उनले अमेरिकासँगको नेपालको मित्रता र सहकार्य सधैँ शान्ति, स्थायित्व र मानवसेवाको उद्देश्यमा समर्पित रहेको बताउँदै नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि अमेरिकी सरकार र अमेरिकी जनतालाई धन्यवाद ज्ञापन गरिन् ।

मन्त्री डा. राणाले निरन्तर समर्पण र अनुशासनका साथै राष्ट्रियता, विश्व शान्ति र सुरक्षाप्रति अटुट प्रतिबद्धता प्रदर्शन गर्दै आएकामा नेपाली सेनाको प्रशंसा गरिन्।

त्यस समारोहमा परराष्ट्रमन्त्री डा. राणा, रक्षामन्त्री मानवीर राई र प्रधान सेनापति अशोकराज सिग्देललाई अमेरिकी राजदूत डिआर थम्पसनले ती स्काई ट्रक हस्तान्तरण गरेका थिए । ती स्काई ट्रक विपत् र उद्धारका क्रममा सेवा दिन र एयर एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्