Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

सुर्खेतमा नक्कली विवाहमार्फत ठगी गर्ने दुई जना पक्राउ

१९ भाद्र २०८२, बिहीबार १७:५०

सुर्खेत। नक्कली विवाहमार्फत ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दैलेखका ४० वर्षीय गोपाल कुमार विक र अछामकी ३८ वर्षीया भविसरा रास्कोटी मगर छन्।

प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले बताएअनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत चिनजान बढाई आफन्त जस्तो भूमिका निभाउँदै विवाह गर्ने गर्थे। विवाहपछि बेहुलीले नगद र गरगहना लिएर हराउने गरेको अनुसन्धानबाट पुष्टि भएको छ।

फरक–फरक समयमा एउटै महिलाले विभिन्न पुरुषसँग विवाह गरेर ठगी गरेको उजुरी दर्ता भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका विक हाल वीरेन्द्रनगर–१० मा रहेको ‘होटल सदाशंकर’ सञ्चालन गर्दै आएका थिए भने रास्कोटी पनि सोही ठाउँमा बस्दै आएकी थिइन्। उनीहरू विरुद्ध आपराधिक लाभ र ठगी सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्