Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सुर्खेतमा नक्कली विवाहमार्फत ठगी गर्ने दुई जना पक्राउ

१९ भाद्र २०८२, बिहीबार १७:५०

सुर्खेत। नक्कली विवाहमार्फत ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दैलेखका ४० वर्षीय गोपाल कुमार विक र अछामकी ३८ वर्षीया भविसरा रास्कोटी मगर छन्।

प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले बताएअनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत चिनजान बढाई आफन्त जस्तो भूमिका निभाउँदै विवाह गर्ने गर्थे। विवाहपछि बेहुलीले नगद र गरगहना लिएर हराउने गरेको अनुसन्धानबाट पुष्टि भएको छ।

फरक–फरक समयमा एउटै महिलाले विभिन्न पुरुषसँग विवाह गरेर ठगी गरेको उजुरी दर्ता भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका विक हाल वीरेन्द्रनगर–१० मा रहेको ‘होटल सदाशंकर’ सञ्चालन गर्दै आएका थिए भने रास्कोटी पनि सोही ठाउँमा बस्दै आएकी थिइन्। उनीहरू विरुद्ध आपराधिक लाभ र ठगी सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्