Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

ढुंगा लागेर सल्यानमा एक जनाको मृत्यु

१९ भाद्र २०८२, बिहीबार २१:२८

सल्यान। पानी खान मुहानमा ओर्लिएका बेला सडक माथिबाट खसेको ढुंगाले सल्यानका एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।

मृतक विजय बुढा, बन्गाड कुपिण्डे नगरपालिका-११ का रहेका छन्। उनले ४७ वर्षीया मनिषा गन्धर्वसँगै भे ६ प ५६२ नम्बरको मोटरसाइकलमा सुर्खेतको बोटेचौरबाट सल्यानको आपचौरतर्फ जाँदै थिए।

पोखरेस्थित धागेचरी मुहानमा पानी पिउँदै गर्दा माथिबाट खसेको ढुंगाले उनीहरूलाई ठक्कर दिएको थियो। स्थानीय खिमलाल बिकका अनुसार घाइते दुवैलाई परिवार, स्थानीय र प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल, सुर्खेत पुर्‍याएका थिए। उपचारको क्रममा विजय बुढा बुधबार राति मृत्यु भएका छन् भने मनिषाको उपचार जारी छ।

प्रतिक्रिया दिनुहोस्