Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

ढुंगा लागेर सल्यानमा एक जनाको मृत्यु

१९ भाद्र २०८२, बिहीबार २१:२८

सल्यान। पानी खान मुहानमा ओर्लिएका बेला सडक माथिबाट खसेको ढुंगाले सल्यानका एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।

मृतक विजय बुढा, बन्गाड कुपिण्डे नगरपालिका-११ का रहेका छन्। उनले ४७ वर्षीया मनिषा गन्धर्वसँगै भे ६ प ५६२ नम्बरको मोटरसाइकलमा सुर्खेतको बोटेचौरबाट सल्यानको आपचौरतर्फ जाँदै थिए।

पोखरेस्थित धागेचरी मुहानमा पानी पिउँदै गर्दा माथिबाट खसेको ढुंगाले उनीहरूलाई ठक्कर दिएको थियो। स्थानीय खिमलाल बिकका अनुसार घाइते दुवैलाई परिवार, स्थानीय र प्रहरीले उद्धार गरी कर्णाली प्रदेश अस्पताल, सुर्खेत पुर्‍याएका थिए। उपचारको क्रममा विजय बुढा बुधबार राति मृत्यु भएका छन् भने मनिषाको उपचार जारी छ।

प्रतिक्रिया दिनुहोस्