Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रास्कोटका वडाध्यक्ष बराल बेपत्ता

२१ भाद्र २०८२, शनिबार २२:२२

कालिकोट। रास्कोट नगरपालिका–८ का वडाध्यक्ष मनिराज बराल बुधबारदेखि बेपत्ता भएका छन्। शुक्रबार कर्णाली नदी किनारमा बाहुला काटिएको अवस्थामा उनको कोट फेला परेको प्रहरीले जनाएको छ।

आफन्तले भेटिएको कोट बरालकै भएको पुष्टि गरेका छन्। बराल ससुराली जाने भनेर घरबाट निस्किएका थिए तर त्यसपछि सम्पर्कमा आएका छैनन्। प्रहरीले स्थानीयसहित खोजी कार्य तीव्र पारेको छ।

नगरपालिकाका अनुसार उनी केही समयदेखि मानसिक स्वास्थ्यको उपचारमा थिए। बराल २०७९ सालको स्थानीय तह निर्वाचनमा माओवादीबाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्