Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

रास्कोटका वडाध्यक्ष बराल बेपत्ता

२१ भाद्र २०८२, शनिबार २२:२२

कालिकोट। रास्कोट नगरपालिका–८ का वडाध्यक्ष मनिराज बराल बुधबारदेखि बेपत्ता भएका छन्। शुक्रबार कर्णाली नदी किनारमा बाहुला काटिएको अवस्थामा उनको कोट फेला परेको प्रहरीले जनाएको छ।

आफन्तले भेटिएको कोट बरालकै भएको पुष्टि गरेका छन्। बराल ससुराली जाने भनेर घरबाट निस्किएका थिए तर त्यसपछि सम्पर्कमा आएका छैनन्। प्रहरीले स्थानीयसहित खोजी कार्य तीव्र पारेको छ।

नगरपालिकाका अनुसार उनी केही समयदेखि मानसिक स्वास्थ्यको उपचारमा थिए। बराल २०७९ सालको स्थानीय तह निर्वाचनमा माओवादीबाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्