Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कोशी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

२२ भाद्र २०८२, आईतवार ०६:३०

काठमाडौँ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य स्थानमा रहेकाले हाल देशभर आंशिकदेखि साधारण बदली देखिएको छ।

सिक्किम आसपासको निम्नचापीय प्रणालीको प्रभाव विशेषगरी नेपालको पूर्वी भागमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पहाडी क्षेत्रमा सामान्य बदली रहने र कोशी, बाग्मती तथा गण्डकीका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र कर्णाली प्रदेशका पहाडमा भने एक–दुई ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज राति पनि कोशी, मधेस र पहाडी भूभागमा मध्यम वर्षा हुने तथा कोशी तराईका केही स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्