Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

जुम्ला जिल्ला समन्वय समिति परिसरमा सकेट बम फेला

२२ भाद्र २०८२, आईतवार १९:१८

जुम्ला। जिल्ला समन्वय समिति जुम्लाको कार्यालय परिसरमा शनिबार बेलुकी सकेट बम भेटिएको छ।

पर्खाल निर्माणमा संलग्न कामदारले उक्त बम देखेपछि तत्काल प्रहरी र सेनालाई खबर गरिएको समितिका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिए।

उनका अनुसार बम खिया लागेको अवस्थामा रहेको छ र मोटो जीआई पाइप प्रयोग गरी बनाइएको जस्तो देखिन्छ। बम भेटिएपछि कार्यालय क्षेत्रमा त्रास फैलिएको छ भने प्रहरी र सेनाले उक्त स्थानलाई घेराबन्दी गरेका छन्।

आचार्यले सेनाले माथिल्लो आदेश पर्खिरहेको र आदेश मिल्नेबित्तिकै डिस्पोज गर्ने तयारी भइरहेको बताए। समितिको सानो हलको पछाडिपट्टि भेटिएको यो बम संकटकालताका माओवादीहरूले छोडेको हुन सक्ने अनुमान गरिएको छ।

कार्यालय खुले पनि काम गर्ने वातावरण नभएको आचार्यले बताए। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालले सेनाको टोली बम डिस्पोजका लागि घटनास्थलमा पुगेको पुष्टि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्