Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

जुम्ला जिल्ला समन्वय समिति परिसरमा सकेट बम फेला

२२ भाद्र २०८२, आईतवार १९:१८

जुम्ला। जिल्ला समन्वय समिति जुम्लाको कार्यालय परिसरमा शनिबार बेलुकी सकेट बम भेटिएको छ।

पर्खाल निर्माणमा संलग्न कामदारले उक्त बम देखेपछि तत्काल प्रहरी र सेनालाई खबर गरिएको समितिका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिए।

उनका अनुसार बम खिया लागेको अवस्थामा रहेको छ र मोटो जीआई पाइप प्रयोग गरी बनाइएको जस्तो देखिन्छ। बम भेटिएपछि कार्यालय क्षेत्रमा त्रास फैलिएको छ भने प्रहरी र सेनाले उक्त स्थानलाई घेराबन्दी गरेका छन्।

आचार्यले सेनाले माथिल्लो आदेश पर्खिरहेको र आदेश मिल्नेबित्तिकै डिस्पोज गर्ने तयारी भइरहेको बताए। समितिको सानो हलको पछाडिपट्टि भेटिएको यो बम संकटकालताका माओवादीहरूले छोडेको हुन सक्ने अनुमान गरिएको छ।

कार्यालय खुले पनि काम गर्ने वातावरण नभएको आचार्यले बताए। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक असिम हमालले सेनाको टोली बम डिस्पोजका लागि घटनास्थलमा पुगेको पुष्टि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्